Premier Cables
Premier Steel

समाचार

राउण्ड टेबल नेपालको अध्यक्षमा सुमित मित्तल निर्वाचित

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ११, २०८२  | बिहान ११:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौं । गत शनिबार काठमाण्डौको होटल सोल्टीमा सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट सुमित मित्तल राउण्ड टेबल नेपालको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्।

निर्वाचन पश्चात अध्यक्ष मित्तलले धन्यवाद मन्तव्य राख्दै भने,“राउण्ड टेबल १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको संस्था हो, जसको मूल मन्त्र Adopt, Adapt, Improve हो। हामी समाजका चुनौतीहरुलाई पहिचान गर्छौं, त्यसलाई स्थानीय सन्दर्भ अनुसार आत्मसात् गर्छौं, र निरन्तर सुधार गर्दै लैजाने प्रयास गर्छौं।”

बिज्ञापन

विगत २५ वर्षदेखि राउण्ड टेबल नेपालले मुलुकभर विशेषगरी शिक्षा, स्वास्थ्य, वातावरण र युवा नेतृत्वका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ।

नव-निर्वाचित राष्ट्रिय बोर्ड
अध्यक्ष: सुमित मित्तल
उपाध्यक्ष: साकेत मुरारका
सचिव: रोहित अग्रवाल
कोषाध्यक्ष: दीपल खन्ना
सम्पादक: निशान्त चाचान
अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी: मयंक केडिया
निर्वतमान अध्यक्ष: प्रवेश अग्रवाल

नयाँ कार्यकारिणी समितिले आगामी योजनाहरु सार्वजनिक गरेको छ । ती यस प्रकार छन्

१) विद्यालय स्तरवृद्धि गर्ने तथा राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना गर्ने

२) विपन्न बालबालिकालाई छात्रवृत्ति सहयोग गर्ने

३) पेपर फॉर प्रोग्रेस अभियानमार्फत फोहर कागज संकलन गरी पुनः प्रयोगकर्तासम्म पुर्‍याई सामाजिक परियोजनामा प्रयोग गर्ने

४) प्रोजेक्ट CARE (Clean and Restore Everest) मार्फत सगरमाथा क्षेत्र सफा र संरक्षण गर्ने कार्य अघि बढाउने

५) सदस्यहरुको सीप अभिवृद्धि र आपसी सम्बन्ध सुदृढ गर्न तालिम तथा कार्यशाला आयोजना गर्ने

“राउण्ड टेबल नेपालले आफ्ना कार्यक्रमहरु अझ विस्तार गर्दै समुदायलाई सबल बनाउने र सदस्यहरुमा नेतृत्व क्षमता विकास गर्ने कार्य निरन्तर अघि बढाउनेछ,”अध्यक्ष मित्तलले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka