Premier Cables
Premier Steel

अपराध

सुटकेसभित्र युवतीको शव फेला : रिक्सा चालक पक्राउ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०९, २०८२  | अपराह्न ३:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रौतहट । रौतहटको गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा फेला परेकी रुवी शाह सुडीको हत्यासम्बन्धी घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन। घटनाको अनुसन्धानमा सक्रिय जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीका अनुसार, हत्याको अनुसन्धान तीव्र गतिमा भइरहेको छ। उनले भने, “धेरै जनासँग सोधपुछ भइरहेको छ, हामी हत्यारासम्म पुग्न नजिक छौँ।”

बिज्ञापन

२६ वर्षीया रुवी शाह सुडी भदौ ७ गते राति गौर नगरपालिका–२ मा मृत अवस्थामा फेला परेकी थिइन्। उनकाे शव सुटकेसभित्र फालिएको अवस्थामा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, शव व्यवस्थापनका लागि रिक्सा प्रयोग गरिएको थियो।

माधवनारायण नगरपालिका–६ की माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन्। घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार, पक्राउ परेका रिक्सा चालकको बयानका आधारमा प्रहरी घटनाको मूल सूत्रतिर पुग्ने आकलन गरिरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa