Premier Cables
Premier Steel

समाचार

रानीबाट लागू औषधसहित एक जना पक्राउ

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०४, २०८२  | राती ९:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌मोरङको विराटनगर–१५ स्थित आँखा अस्पताल अगाडिको सडक खण्डबाट लागू औषधसहित एक जना पक्राउ परेका छन्।

भदौ ३ गते दिउँसो २ बजे लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, ईलाका प्रहरी कार्यालय रानी, तथा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत, दिल्ली घर भई हाल नेपाल आएका ४३ वर्षीय सागीर अहमदलाई पक्राउ गरेको हो।

बिज्ञापन

प्रहरी हल्दार प्रमोद सिंहको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा सागीरको साथमा रहेको झोलाभित्र स्पिकरमा लुकाई ल्याइएको लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १९० ग्राम बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय रानीका अनुसार पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

नेपाल–भारत सीमासँग जोडिएको यस क्षेत्रबाट लागू औषधको तस्करी हुँदै आएको पाइए पनि हाल प्रहरीको सक्रियताका कारण सीमाबाट हुने लागू औषध ओसारपसार केही हदसम्म नियन्त्रणमा आएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka