Premier Cables
Premier Steel

अर्थ

प्लाष्टिक जन्य फोहोरबारे अध्ययन : के आयो प्रतिवेदनको निस्कर्ष ?

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०४, २०८२  | बिहान ७:१५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । प्लाष्टिक फोहोरको उचित व्यवस्थापनका लागि नीतिनिर्माण गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय स्तरमा अनुसन्धान गरी तयार पारिएको अध्ययनको प्रतिवेदन सार्वजनिक र सरोकारवालासंगको छलफल कार्यक्रम उद्योग संगठन मोरङ र अभ्नी भेन्चर्सको आयोजनामा सम्पन्न भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र वातावरण विभागले अभ्नी भेन्चर्सको प्राविधिक सहयोगमा प्लाष्टिकजन्य उद्योगहरुमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै अभ्नी भेन्चर्सका निर्देशक सुशिल खडकाले नेपालमा वार्षिक ३ लाख ५२ हजार १४० मेट्रिक टन प्लास्टिक फोहोर उत्पादन हुने र सो मध्ये २ लाख १२ हजार १३१ मेट्रिक टन प्लास्टिक फोहोर औपचारिक तथा अनौपचारिक सेवामार्फत संकलन गरिदै आएको वताए ।

बिज्ञापन

उनले ३० हजार ६३२ मेट्रिक टन प्लास्टिक फोहोर पुनःप्रक्रिया क्षेत्रले संकलन गर्ने, १ लाख ४४ हजार ००८ मेट्रिक टन प्लास्टिक फोहोर संकलन बिहीन रहनुका साथै २ लाख ६१ हजारा ६४३ मेट्रिक टन प्लास्टिक फोहोर संकलन, ढुवानी, छानबिन र निस्तारण प्रक्रियाका क्रममा व्यवस्थापन प्रणालीबाट बाहिर चुहिने र १ लाख ५६ हजार ५१९ मेट्रिक टन प्लास्टिक फोहोर निस्तारणका लागि पठाइने गरेको प्रतिवेदन सार्वजनिक गरे ।

निर्देशक खडकाले प्लास्टिक फोहोरको व्यवस्थापन सुनिश्चित गर्न स्थानीय निकायलाई ठोस फोहोर कार्यसम्पादन मापन सूचकहरूको आधारमा अन्तर–सरकारी वित्तीय स्थानान्तरण कोषमार्फत प्रोत्साहन दिनुपर्ने वताए । उनले प्लास्टिक प्रदूषणको समस्यालाई सम्बोधन गर्न प्लास्टिक फोहोर व्यवस्थापन ऐन ल्याई पुनःप्रयोगलाई प्रोत्साहन दिनुपर्ने, प्लास्टिक पुनःप्रयोगमा निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक–निजी साझेदारी अवधारणा प्रवद्र्धन गर्नुपर्ने, नेपालमा प्लास्टिकको पुनःप्रयोगका लागि लगानी प्रवाह गर्न ग्रिन वण्ड जस्ता नवप्रवर्तनशील, हरित वित्तीय उपकरणहरू प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले घरायसी सामग्रीदेखि लिएर अस्पताल, उद्योग, यातायात र कृषि क्षेत्रसम्ममा प्लाष्टिकको वढदो प्रयोगका कारण हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको वताउदै नेपालमा उत्पादन हुने प्लाष्टिक फोहोरको उचित व्यवस्थापन गर्नको लागि नीतिनिर्माण गर्नुपर्नेमा जोड दिए । उनले प्लाष्टिकको प्रयोगलाई रोक्न सम्भव नभएकाले यसको विवेकपूर्ण र पुनःप्रयोगका विकल्पहरू अपनाउन सकिने वताउदै फोहोर ब्यवस्थापनका लागि सार्वजनिक चेतना अभिवृद्धि गर्दै यसको उपयोगलाई वातावरणमैत्री बनाउन सबैले आ–आफनो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संगठनका पूर्व अध्यक्ष सुयश प्याकुरेलले प्लाष्टिक उद्योगले रोजगारी र राजश्य उपलब्ध गराउनुका साथै प्लाष्टिक उद्योगबाट उत्पादन हुने वस्तुहरुले विभिन्न उद्योगहरुका लागि प्याकेजिङ गर्ने सामाग्रिहरु समेत उत्पादन गरी सहायक वस्तु निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको तथ्यलाई आत्मसात गरि प्रत्येक व्यक्तिले दैनिक जीवनमा सचेतता अपनाएर प्लाष्टिकजन्य वस्तुलाई पुनप्रयोगमा ल्याउने वातावरण तयार गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा संगठनका कार्यसमिति सदस्यहरु, कोशी प्रदेशका विभिन्न स्थानिय पालिकाका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka