Premier Cables
Premier Steel

विराटनगर

महिलाहरुका लागि स्वस्थ्य स्न्याक्स बनाउने तालिम

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २०, २०८३  | अपराह्न १:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उद्योग संगठन मोरङको महिला उद्यम समितिको आयोजना तथा एस्पायर कलेजको समन्वयमा स्वास्थ्य मैत्री र बजारमुखी खाजा वनाउने व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने अभिप्रायका साथ महिलाहरुको लागि २ दिने स्वस्थ स्न्याक्स बनाउने तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले मानिसहरुमा स्वास्थ्य प्रतिको सचेतना अभिवृृद्धि भईरहेको सन्दर्भमा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानाको माग पनि उल्लेखनीय रूपमा वृद्धि भएको र यही आवश्यकतालाई मध्यनजर गरी उद्योग संगठन मोरङले तालिम आयोजना गरेको बताउनु भयो । उहाले तालिमले सहभागी महिलाहरुमा निहित स्न्याक्स बनाउने सीपलाई व्यवसायिक अवसरमा रूपान्तरण गर्ने दृष्टिकोण समेत विकास गराउने विश्वास व्यक्त गर्नुभयो ।

बिज्ञापन

उद्योग संगठन मोरङको कार्यसमिति सदस्य एवं महिला समिति इन्चार्ज किरण ब्यासले आजको परिवेशमा स्वस्थ खाजा उत्पादन, आयआर्जनको राम्रो माध्यम बन्न सक्ने बताउनुभयो । उहाले यस प्रकारको तालिमले महिलाहरूमा रहेको सीपलाई व्यवसायिक रूपान्तरण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी महिला उद्यम समितिको संयोजक जयन्ती आचार्यले तालिमले परिकार बनाउने मात्र नभई त्यसलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने सोच विकास गराउने बताउदै आधुनिक प्रस्तुतीकरण र आकर्षक प्याकेजिङको महत्वमा जोड दिनुभयो । उहाले राम्रो उत्पादनसंगै राम्रो प्रस्तुति भएमा मात्र बजारमा प्रतिस्पर्धा गर्न सकिने वताउनु भयो ।

तालिमका प्रशिक्षक अखिलेश प्रताप सिंहले सहभागीहरूलाई स्वस्थ स्न्याक्स निर्माणका व्यावहारिक विधिहरू सिकाएको जानकारी दिदै स्वच्छता, खाद्य सुरक्षा तथा व्यावसायिक खाजा व्यवस्थापन सम्बन्धी ज्ञानले जिम्मेवार उद्यमी बन्न सहयोग पुग्ने बताए ।

महिलाहरूको सीप विकास, आयआर्जन तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको उक्त तालिमले सहभागीहरूलाई आत्मनिर्भर बन्न थप सहयोग पुग्ने अपेक्षा संगठनले लिएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka