Premier Cables

समाचार

मन्दिर परिसर पुगे कोसीका मुख्यमन्त्री, सुरक्षा प्रमुखहरुले गरे पूजा

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न ३:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा आज आयोजित ऐतिहासिक राधाकृष्ण रथयात्राको उद्घाटन गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरमा पुगेका छन्।

मन्दिरका मूल पूजारीबाट पूजा–अर्चना सम्पन्न भएपछि सुरक्षाकर्मीहरू समेतले पूजा गरेका छन्। मुख्यमन्त्री कार्कीले पनि पूजापछि रथयात्रा औपचारिक रूपमा शुभारम्भ गर्ने छन् ।

विज्ञापन

रथयात्रा अपराह्नबाट सुरु भई मेनरोड हुँदै शहरका विभिन्न क्षेत्र परिक्रमा गर्नेछ। रथ कोशी राजमार्ग हुँदै बरबाछी पुगेर पुनः मन्दिर परिसरमै फर्किएर समापन हुनेछ।

करीब ९ किलोमिटर दूरी तय गर्ने रथयात्राका क्रममा विभिन्न ४४ स्थानमा रथले विश्राम लिने मूल आयोजक समितिले जनाएको छ।

मुख्यमन्त्री कार्कीले विराटनगरको रथयात्रा देशको मात्र नभई एसियाकै दोस्रो ठूलो धार्मिक उत्सव भएको उल्लेख गरे। उनले नेपाल जातीय र धार्मिक विविधतामा सम्पन्न राष्ट्र भएको बताउँदै यस्ता पर्वले सामाजिक एकता र सांस्कृतिक गौरवलाई मजबुत बनाउने शुभकामना सन्देश जारी गर्दै जनाएका छन् ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले यस वर्षको रथयात्राका लागि नयाँ रथ निर्माण गरिएको जानकारी गराए। महानगरले रु. ४४ लाख आर्थिक सहयोग गरेको छ।
उनका अनुसार, “यो रथयात्रा विराटनगरबासीलाई एकताको सूत्रमा बाँध्ने प्रमुख आधार हो।”

नयाँ रथ प्यागोडा शैलीमा निर्माण गरिएको हो। यसको उचाइ २१ फिट, लम्बाइ १९ फिट, र चौडाइ १४ फिट रहेको छ।

सन् १९६८ (वि.सं. २०२५) मा निर्माण भएको पुरानो रथ ५७ वर्षसम्म प्रयोगमा रहँदै आएको थियो। मेयर कोइरालाका अनुसार, नयाँ रथ कम्तीमा ५० वर्षसम्म सञ्चालनयोग्य हुने अनुमान गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka