Premier Cables

समाचार

झुम्का कारागारबाट भागेका कैदी बिर्तामोडमा पक्राउ परे

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ३१, २०८२  | अपराह्न १:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी शनिबार बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।

जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

विज्ञापन

पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए । उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिराटपोखर क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद, पाँच लाख जरिवाना र ३० हजार क्षतिपूर्ति तिर्ने सजाय सुनाएको थियो ।

उनी सोही सजाय भोगिरहेका अवस्थामा कारागारबाट फरार भएका हुन् । पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले प्रनाउ खड्काले बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka