Premier Cables
Premier Steel

समाचार

कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीको मृत्यु

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शुक्रबार, साउन ३०, २०८२  | अपराह्न ३:०७ बजे

कुवेत । कुवेतमा लुकीछिपी बिक्री हुँदै आएको विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृतकहरूको विवरण संकलनको प्रक्रिया जारी छ भने केही बिरामीहरूको उपचार भइरहेको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले मदिरामा अत्यन्तै विषालु मेथानोल प्रयोग गरिएको पुष्टि गरेको छ। मेथानोलयुक्त मदिरा सेवनपछि २३ जनाको मृत्यु भइसकेको र १६० भन्दा बढी बिरामी अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

बिज्ञापन

मृतक र गम्भीर बिरामीमध्ये अधिकांश निर्माण क्षेत्रमा कार्यरत श्रमिक रहेका छन्। धेरैलाई मिर्गौला फेल भएर डायलासिसको आवश्यकता परेको छ भने केहीमा अन्धोपन देखिएको छ।

कुवेतमा मदिरा पूर्ण रूपमा प्रतिबन्धित भए पनि अवैध रूपमा उत्पादन र बिक्री हुने गरेको छ। विषाक्त मदिराको स्रोत पत्ता लगाउन स्थानीय निकायहरूले अनुसन्धान सुरु गरेका छन्।

प्रारम्भिक लक्षणहरूमा टाउको दुख्ने, बान्ता हुने, दृष्टि धमिलो हुने लगायतका समस्या देखिएको छ। स्वास्थ्य अधिकारीहरूले मेथानोल मानव उपभोगका लागि अयोग्य र अत्यन्तै घातक रहेको चेतावनी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

Clock Iconशुक्रबार, पुष ११, २०८२

आर्थिक शिथिलताले ऋण प्रवाहमा समस्या

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Clock Iconबिहिबार, पुष १०, २०८२
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka