सहकारी ठगीमा कांग्रेस उपसभापति, सिआईबीको प्रतिवेदन तयार
नोट: यो समाचार ५ महिना अघिको हो
बिहिबार, साउन २९, २०८२ |
बिहान ७:३२ बजे
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ जोडिएको मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सहकारी वकिल कार्यालय, ललितपुरमा बुझाएको छ ।
सीआईबीले कांग्रेस उपसभापति धनराज गुरूङको संलग्नता नदेखिएको भन्दै प्रतिवादी बनाएको छैन । तर धनराजकी पूर्वश्रीमती ज्योति गुरूङलाई भने सीआईबीले प्रतिवादी बनाएको छ ।
यो प्रकरणमा ज्योतिबहादुर भण्डारी, सुवास खत्रीसहित ११ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सीआईबीले बुझाएको हो । अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गर्नेछ ।