Premier Cables
Premier Steel

अर्थ

सहकारी ठगीमा कांग्रेस उपसभापति, सिआईबीको प्रतिवेदन तयार

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बिहिबार, साउन २९, २०८२  | बिहान ७:३२ बजे

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ जोडिएको मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सहकारी वकिल कार्यालय, ललितपुरमा बुझाएको छ ।

सीआईबीले कांग्रेस उपसभापति धनराज गुरूङको संलग्नता नदेखिएको भन्दै प्रतिवादी बनाएको छैन । तर धनराजकी पूर्वश्रीमती ज्योति गुरूङलाई भने सीआईबीले प्रतिवादी बनाएको छ ।

बिज्ञापन

यो प्रकरणमा ज्योतिबहादुर भण्डारी, सुवास खत्रीसहित ११ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सीआईबीले बुझाएको हो । अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गर्नेछ ।

सीआईबीको अनुसन्धानमा सहकारीको करिब १४ करोड ठगी भएको देखिएको उल्लेख छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka