Premier Cables

समाचार

अपेडटः सुनसरी दुर्घटनामा मृत्यु हुने पाँच, २० उपचाररत

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | साँझ ७:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत यात्रुवाहक बस र विङ्गर माइक्रो ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

सोमबार बिहान ७:१५ बजे भएको दुर्घटनामा सप्तरी मधावेका ३५ वर्षीय शंकर मण्डल, सप्तरी तिरहुतकी ६० वर्षीया अनारवतीदेवी यादव, सप्तरी गोईठीका ६८ वर्षीय जिवछ महात्मा, सुनसरी कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर–१० का ४० वर्षीय अशोक यादवको ज्यान गएको हो।

विज्ञापन

प्रहरीका अनुसार शंकर, लक्ष्मण र अशोकको मृत्यु ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा, अनारवतीको जिल्ला अस्पताल इनरुवामा, र जिवछको मृत्यु विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा भएको हो।

दुर्घटनामा २८ जना घाइते भएका मध्ये ५ जनाको मृत्यु भएको र ३ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ। बाँकी २० जना घाइतेको उपचार ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र गोल्डेन अस्पताल विराटनगरमा भइरहेको छ।

मृतक सबै विङ्गर माइक्रोमा सवार थिए। दुर्घटना झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेल जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र सप्तरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रो आपसमा ठोक्किँदा भएको हो।

बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka