Premier Cables
Premier Steel

मौसम

कोसी सहितका प्रदेशमा भारी वर्षा हुन सक्ने

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | बिहान ८:१७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले हल्कादेखि धेरै भारी वर्षासम्म हुने सम्भावना छ।

बिज्ञापन

विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ भने अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुन सक्नेछ। विशेषगरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समय पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ। कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक सक्रिय रहेको विभागको भनाइ छ, जसका कारण वर्षाको गतिविधि देशभर फैलिएको छ।

विभागले नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka