Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

काेसीका मन्त्रीकाे झुटमाथि झुट : सिँचाइ पुगेकाे क्षेत्र पनि राष्ट्रिय तथ्याङ्कसँग मेल खाँदैन

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | साँझ ७:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशको खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयले सार्वजनिक गरेकाे सिचाइँ सम्बन्धी विवरण पनि राष्ट्रिय तथ्याङ्कसँग मेल खाँदैन ।

प्रदेशकाे मन्त्रालयले काेसी प्रदेशकाे कूल खेतीयोग्य जमिनको ५३ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क सार्वनिक गरेकाे छ ।

बिज्ञापन

मन्त्रालयले गरेकाे कामबारे जानकारी गराउन आइतबार खानेपानी मन्त्री एकराज कार्कीले मन्त्रालयमै पत्रकार सम्मेलन गरेका थिए । खानेपानी सुविधा र चार्जिङ्ग स्टेशनबारे गलत तथ्याङ्क प्रस्तुत गरेका मन्त्री कार्कीले प्रस्तुत गरेकाे सिँचाइ सुविधा सम्बन्धी तथ्य पनि विश्वासयोग्य छैन ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार सिँचाइ पुगेको जमिनमध्ये पनि वर्षभर पानी उपलब्ध हुने क्षेत्रफल ३७.३ प्रतिशत रहेकाे दाबी गरिएकाे छ ।

मन्त्री एकराज कार्कीले बताएअनुसार प्रदेशमा कुल ५ लाख ९४ हजार ६ सय १६ हेक्टर जमिन सिँचाइ योग्य छ । तर हालसम्म ३ लाख १८ हजार ७ सय ३५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा विस्तार भएको छ ।

त्योमध्ये ३७.३ प्रतिशत क्षेत्रफलमा मात्र वार्षिक सिँचाइ सेवा उपलब्ध रहेको छ । २०७५ सालदेखि हालसम्म १६ हजार ७ सय ३५ हेक्टर क्षेत्रमा नयाँ सिचाइँ सेवा विस्तार गरिएको उनले बताए छ ।

तर नेपाल राष्ट्र बैङ्ककाे आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१ अनुसार समीक्षा अवधिमा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ४०.५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। अघिल्ला वर्षको सोही अवधिमा यस्तै सुविधा पुगेको क्षेत्रफल ३९.७ प्रतिशत रहेको थियो भने समीक्षा अवधिमा कोशी प्रदेशमा कुल सिँचित क्षेत्रफल ०.८ प्रतिशतले बढेको छ।

यस्तो भन्छ राष्ट्र बैङ्कको अध्ययनले

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka