Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

खानेपानी पहुँचबारे कोसीका मन्त्रीले ढाँटेपछि ..!

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, साउन १८, २०८२  | अपराह्न ३:२७ बजे

विराटनगर । कोसी प्रदेशको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयले खानेपानीको पहुँच पुगेको जनसंख्याको गलत तथ्याङ्क सार्वजनिक गरेको छ ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

बिज्ञापन

मन्त्रालयले दाबी गरेअनुसार हाल कोसी प्रदेशमा आधारभुत तथा सुरक्षित खानेपानीबाट लाभान्वित जनसंख्या ४५ लाख ९ हजार ४३० छ । प्रदेशको कूल जनसंख्यालाई आधार मानेर मन्त्रालयले ३४.७ प्रतिशत जनसंख्यामा भने सुरक्षित खानेपानीको पहुँच पुगेको दाबी गरेको हो । तर, मन्त्रालयले दाबी गरेकै संख्यालाई आधार मान्दा कूल जनसंख्याको ९०.८९ प्रतिशतमा मात्र आधारभुत तथा सुरक्षित खानेपानी पहुँच पुगेको देखिन्छ ।

जबकी मन्त्रीले त्योभन्दा बढी ९३.१ प्रतिशत जनसंख्यामा पहुँच पुगेको दाबी गरे । मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा पनि यही विवरण उल्लेख छ ।

जनगणना २०७८ अनुसार कोसी प्रदेशको कूल जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ ।

मन्त्री कार्कीले प्रदेशबासीमा खानेपानी र सिचाईंको पहुँच बढाउन मन्त्रालयले गरिरहेको कामका फेहरिस्त पत्रकार सम्मेलनमा प्रस्तुत गरेका थिए । ‘आफूहरुले राम्रो काम गरिरहेको’ उनको दाबी छ ।

चालू आर्थिक वर्षको बजेटमा खानेपानी तथा सिंचाईका योजनामा सबैभन्दा धेरै टुक्रे र फुटकर बजेट हालेको भन्दै खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको विषयमा प्रदेश सभा सदस्यहले आलोचना गरेका थिए । बजेटमाथिको छलफलमा विपक्षी र सत्तासीन दलका सांसदले टुक्रे बजेटले योजनाहरु कहिले पूरा हुन्छन् भन्दै मन्त्रीसँग जवाफ मागेका थिए ।

मन्त्रालयले जनाएअनुसार आर्थिक वर्ष २०७५ भन्दा अगाडि ९० प्रतिशत जनसंख्यामा आधारभुत खानेपानीको पहुँच पुगेको थियो । चालू आ.व.मा भने त्यो बढेर ९३.१ प्रतिशत पुगेको हो । सुरक्षित खानेपानीको पहुँच १५, ३० हुँदै ३४ प्रतिशत पुगेको छ । यसैगरी आधारभूत सरसफाई पुगेको जनसंख्या प्रतिशत ९८ छ ।

गत आर्थिक वर्षमा ६४ वटा खानेपानी आयोजनाहरु स्थानीय तहमा सशर्त अनुदानसहित हस्तान्तरण भएका छन् । मन्त्री कार्कीका अनुसार हाल ३९ वटा योजना र लिफ्टिङ खानेपानी कार्यक्रम संचालनमा छन् ।

उर्जातर्फ प्रदेशमा ६५३ मेघावाट विद्युत उत्पादन भइरहेको छ । नीवकरणीय वैकल्पिक तथा सौर्य उर्जाको क्षेत्रमा लघु जलविद्युत ९.१३ मेघावाट, सौर्य उर्जा १९.३ मेघावाट नगरक्षेत्रमा वेस्ट टु इनर्जीतर्फ ४ वटा आयोजना संचालनमा छन् । प्रदेशभर १३ वटा विद्युतीय गाडी चार्जिङ स्टेशन स्थापना भएका छन् ।

संघ सरकारबाट हस्तान्तरण खानेपानीका १२३ वटा र सिचाईंका ६ वटा गरी १२९ आयोजनाहरु रुग्ण रहेका छन् । ती आयोजनाहरुमा बजेट विनियोजन नहुँदा कार्यान्वयन गर्न नसकिएको मन्त्री कार्कीले सुनाए ।

मन्त्रालयमा बेरुजूको चाङ

यो मन्त्रालयको कूल बेरुजू रु. १ अर्ब ८३ करोड रहेको छ । जसमा लगतकट्टा पछि बाँकी बेरुजू रु. १ अर्ब २६ करोड छ ।
रु. १ अर्ब ३८ करोड ३४ लाख नियमिति गर्नुपर्ने बेरुजू रहेकोमा रु. ५६ करोड ९० लाख लगत कट्टा भएको छ । असूल गर्नुपर्ने रु. १६ करोड ७७ लाख ७८० छ । पेस्की बेरुजू रु. २८ करोड ३२ हजार ५०० छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka