Premier Cables
Premier Steel

राजनीति

रवि भेट्न भैरहवा पुगे रास्वपा नेता, के के छन् कार्यक्रम ?

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, साउन १४, २०८२  | बिहान १०:२७ बजे

बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेतृत्त्वसहित अधिकांश सांसदहरू भैरहवा आइपुगेका छन्। पार्टीका उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालगायत १९ मध्ये अधिकांश सांसदहरू मंगलबार साँझ नै भैरहवा पुगेका हुन्। बाँकी सांसदहरू बुधबार बिहानसम्म आउने कार्यक्रम छ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जिल्ला कारागारमा रहेका कारण सांसदहरूले बुधबार बिहान उनलाई भेट्नेछन्। त्यसपछि दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने कार्यक्रम तय भएको पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए। बैठक भैरहवास्थित गौतमबुद्ध विमानस्थल अगाडिको होटल रमादामा हुनेछ।

बिज्ञापन

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सांसदहरू दुई दिनसम्म भैरहवा तथा रुपन्देही क्षेत्र नं ३ मा रहने छन्। बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संसदमा उठाइएका मुद्दाहरू, भिजिट भिसा प्रकरण, भ्रष्टाचारमाथिको पार्टीको अडान, तथा संसदमा सत्तापक्षको बलमिच्याइँजस्ता विषयमा छलफल हुनेछ।

संसदीय बैठकपछि सांसदहरू पार्टीद्वारा सञ्चालित हस्ताक्षर अभियानमा सहभागी हुनेछन्। साथै, उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनताको धारणा बुझ्ने, तथा संगठनात्मक विषयमा जिल्ला नेताहरूसँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको परियारले बताए।

तर, उनले रुपन्देही ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारबारे भने यसपटकको बैठकमा छलफल नहुने स्पष्ट पारे। इच्छुक उम्मेदवारहरूबाट आवेदन संकलन गरिसकेको र आवेदन प्रक्रिया सकिएपछि मात्रै छलफल हुने उनले बताए।

पछिल्लो निर्वाचनमा रास्वपा रुपन्देही ३ मा तेस्रो ठूलो दलका रूपमा उदाएको थियो। पार्टीले अहिले वडास्तरसम्म संगठन विस्तार गर्दै ३६ वटै वडामा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। यस क्षेत्रमै करिब २० हजार हस्ताक्षर संकलन भइसकेको क्षेत्रीय सभापति मधु अर्यालले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka