Premier Cables
Premier Steel

मौसम

कोसीका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | बिहान ७:२७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशभर मनसुनी प्रणालीको प्रभाव रहेकाले मौसम बदली हुने र कतिपय स्थानमा मेघगर्जनसहित वर्षा हुने देखिएको छ।

बिज्ञापन

विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती र लुम्बिनी प्रदेशसहितका पहाडी क्षेत्रका धेरै स्थानमा र तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्छ।

यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।

रातिको समयमा लुम्बिनीसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। यस अवधिमा पनि लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रका थोरै स्थान र तराईका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमी विश्लेषण अनुसार, हाल मनसुनको न्यूनचापीय रेखा देशको पश्चिम भागमा सरदर स्थानको आसपास र पूर्व भागमा केही उत्तरतिर सरेको छ। यसले गर्दा वर्षा प्रणाली अझ सक्रिय भएको विभागले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka