Premier Cables
Premier Steel

मौसम

केही भागमा भारी वर्षाको सम्भावना, पहाडी क्षेत्रमा सतर्क रहन आग्रह

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ११, २०८२  | बिहान ७:०७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । देशभर मनसुनी प्रभाव सक्रिय रहेका बेला आइतबार कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान सार्वजनिक गरेको बुलेटिन अनुसार, देशभर सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेष गरी पहाडी भू-भागमा व्यापक वर्षा हुने सम्भावना छ भने तराईका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्नेछ।

बिज्ञापन

राति पनि रहन सक्छ बदली
रातको समयमा पनि देशभर साधारण बदली रहने र विशेषगरी कोसी, वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

झारखण्डको क्षेत्रको असर नेपालमा
भारतको झारखण्ड क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पनि देखिएको मौसमविद्‌हरू बताउँछन्। यसले गर्दा मधेस र लुम्बिनी प्रदेशका तराई भू–भागमा हावाहुरी चल्न सक्ने सम्भावना पनि महाशाखाले औंल्याएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने न्यूनचापीय रेखा औसत स्थानको आसपासमा रहेको छ, जसका कारण वर्षा अझ सक्रिय हुने देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka