Premier Cables
Premier Steel

अपराध

सुनसरीमा छोराद्वारा बाबुको हत्या, जग्गा विवाद कारण

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | साँझ ५:०५ बजे
Hamro Biratnagar Headlines

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा घरायसी जग्गा विवादका कारण एक छोराले आफ्नै बाबुको हत्या गरेका छन्। बुधबार बिहान मोहम्मद रियाज अन्सारीले आफ्ना ६० वर्षीय पिता सचिव अन्सारीमाथि छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रियाजले बाबुको छाती र ढाडमा छुरा हानेका थिए। गम्भीर घाइते सचिवलाई विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।

बिज्ञापन

प्रहरीले घटनापछि मोहम्मद रियाज अन्सारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार घरायसी सम्पत्ति विवाद नै हत्याको प्रमुख कारण भएको देखिएको छ।

स्थानीयले मृतक सचिव अन्सारीलाई शान्त र मिलनसार व्यक्ति बताएका छन्। तर, परिवारभित्र जग्गा बाँडफाँटका विषयमा लामो समयदेखि विवाद चलिरहेको जनाइएको छ। घटनाले गाउँमा सनसनी फैलिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka