Premier Cables

राजनीति

एमालेमा सचिवालय खारेज गर्ने, कार्यकारी अधिकार अध्यक्षमा

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०६, २०८२  | बिहान ८:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । एमालेले पार्टी कमिटी चुस्त बनाउने लक्ष्यसहित साङ्गठनिक संरचनामा व्यापक फेरबदलको तयारी गरेको छ ।

नयाँ विधान संशोधन प्रस्तावअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सङ्ख्या घटाउने, सचिवालय खारेज गर्ने, वरिष्ठ उपाध्यक्ष पद हटाउनेजस्ता निर्णयमा एमाले अग्रसर भएको छ ।

विज्ञापन

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था गरिएको छ । हालको विधानमा १९ जना पदाधिकारी छन् ।

प्रस्तावअनुसार अब अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ हुनेछन् । यसैगरी, ३ सय ०१ सदस्यीय केन्द्रीय कमिटीलाई २ सय ५१ मा सीमित गरिनेछ ।

निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुने प्रावधान पनि हटाइएको छ । पार्टीले अनिर्वाचित व्यक्तिलाई कार्यकारी तहमा राख्नु लोकतान्त्रिक मूल्यविरुद्ध भएको निष्कर्ष निकालेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka