Premier Cables
Premier Steel

समाचार

दमक ‘भ्यू टावर’ खुल्यो : तस्बिरमा यस्तो देखिन्छ भित्री स्वरुप

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | अपराह्न १२:१५ बजे
Hamro Biratnagar Headlines

दमक(झापा) । झापाको दमकमा निर्माण गरिएको अत्याधुनिक व्यापारिक कम्प्लेक्स साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएपछि त्यसको अवलोकन गर्न पुग्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङका अनुसार, कम्प्लेक्स खुला गरिएको पहिलो दिन साउन १ गते ४१८ जनाले अवलोकन गरेका थिए। त्यसपछि साउन २ गते ३८१ जना र साउन ३ गते ४८१ जनाले अवलोकन गरेका छन्। उनका अनुसार त्यसयता दैनिक अवलोकन गर्न जानेहरुको संख्या बाक्लिदोँ छ ।

बिज्ञापन

सहरी विकास मन्त्रालयको पहलमा परीक्षणस्वरूप बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको उक्त कम्प्लेक्स अवलोकन गर्नका लागि प्रति व्यक्ति प्रवेश शुल्क एक सय रुपैयाँ निर्धारण गरिएको छ।

एक सय मिटर अग्लो यो १८ तले व्यापारिक कम्प्लेक्स ७२ मिटर कङ्क्रिट संरचनामा र बाँकी २८ मिटर मेटल फ्रेम प्रयोग गरेर निर्माण गरिएको हो। यो संरचना उचाइका हिसाबले काठमाडौँको धरहराभन्दा पनि अग्लो भएको बताइएको छ।

स्थानीयवासी तथा अन्य स्थानका आगन्तुकहरू यस कम्प्लेक्सको आकर्षक डिजाइन, उचाइ तथा आधुनिक प्रविधि प्रयोग हेर्न उत्साहित भएर आउन थालेका छन्। परीक्षण सञ्चालन सफल भएमा नियमितरूपमा आम जनताका लागि खुला गर्ने तयारी भइरहेको जनाइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka