Premier Cables
Premier Steel

राजनीति

इटहरी उपमहानगरमा बेथिति : माओवादीद्वारा आन्दोलनको चेतावनी

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शनिबार, साउन ०३, २०८२  | साँझ ४:४४ बजे

इटहरी । नेकपा (माओवादी केन्द्र) इटहरीले इटहरी उपमहानगरपालिकामा बढ्दो बेथिति र जनप्रतिनिधिहरूको गैरजिम्मेवार व्यवहारप्रति आपत्ति जनाउँदै चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै माओवादीले २०८०/८१ आर्थिक वर्षमा सम्पन्न विभिन्न आयोजनाको भुक्तानी अझै नहुँदा २०८१/८२ को अन्त्यसम्म पनि उपमहानगरले जिम्मेवारी पूरा नगरेको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बिज्ञापन

विज्ञप्तिमा एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू एकले अर्कोलाई दोषारोपण गर्दै समस्याबाट उम्कन खोजेको आरोप लगाइएको छ। साथै, उपमहानगर प्रमुख हेमकर्ण पौडेलद्वारा सञ्चारकर्मीमाथि लगाइएका ‘आधारहीन आरोप र लाञ्छना’को समेत कडा विरोध गरिएको छ।

“हाम्रो पार्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध छ,” विज्ञप्तिमा उल्लेख छ।

यसअघि, इटहरीमा भएका अनियमिततासम्बन्धी समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि नगरप्रमुख पौडेलले ‘पत्रकारहरूले दानापानी नझरेपछि समाचार लेख्ने गर्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए, जसप्रति माओवादीले आपत्ति जनाएको हो।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka