Premier Cables

विराटनगर स्वास्थ्य

कोसी अस्पतालमा खोप रित्तियो, केन्द्रले नपठाउँदा कुकुरले टोकेका बिरामी कहाँ जाने?

Calendar बिहिबार, साउन ०१, २०८२  | साँझ ६:१९ बजे

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव भएको लामो समय भयो । यसबाट सेवाग्राहीलाई निकै सकस भएको छ ।

दैनिकजसो अस्पताल पुग्ने बिरामीले खोप नपाएको गुनासो गरेका छन् । तर, यसको व्यवस्थापनका लागि काम हुन सकेको छैन । सरकारले सरकारी अस्पतालमा रेबिजको खोप निःशुल्क उपलब्ध गराउँछ । तर, कोसी प्रदेशकै ठूलो सरकारी अस्पतालमा असार १३ गतेदेखि खोप छैन् । चरम अभाव देखिएको छ ।

बिज्ञापन

हाल कोसी अस्पतालमा कुकुरले टोकेका बिरामीहरू अलपत्र जस्तै भएका छन् । बहिरंग विभाग (ओपीडी) को ५ नम्बर कोठा बाहिर रेबिज विरुद्धको खोप सेवा बन्द रहेको सूचना टाँस गरिएको छ । बिरामीलाई बाहिरबाट आफैँ खोप खरिद गरेर ल्याउन भनिएको छ । बिरामीले खरिद गरेर ल्याउँदा मात्र चिकित्सकले लगाई दिने गरेका छन् ।

अस्पतालको आकस्मिक कक्षको अवस्था झनै दर्दनाक छ। कुकुरले टोकेर आकस्मिक कक्षमा पुग्ने बिरामीलाई ओपीडीमा जान भनिन्छ । बिदाका दिन ओपीडी बन्द हुन्छ । बिरामीले सेवा नै पाउँदैनन् ।

अस्पतालकी डा.रुना झाले स्वास्थ्य सेवा विभागलाई खोप अभावबारे जानकारी गराइसकेको बताइन् । तर केन्द्रले हालसम्म खोप उपलब्ध गराएको छैन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Pinned News
लाग्यो साउन : छायो चुरापोते र मेहेन्दीको बहार

लाग्यो साउन : छायो चुरापोते र मेहेन्दीको बहार

बिहिबार, साउन ०१, २०८२   |   विराटनगर
© hamrobiratnagar 2025-2027