Premier Cables
Premier Steel

स्वास्थ्य

१३ ठूला अस्पताललाई ‘प्रथम सेवा विन्दु’को पुनः अनुमति (हेर्नुहोस् पूर्ण विवरण)

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०१, २०८२  | साँझ ४:३४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका १३ वटा ठूला रेफरल अस्पतालहरूलाई आगामी असोज मसान्तसम्म ‘प्रथम सेवा विन्दु’का रूपमा सेवा दिन अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार बोर्डले यसअघि खारेज गरिएको यो सुविधा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

यसअघि बोर्डले २०८२ साउन १ गतेदेखि रेफरल अस्पतालहरूलाई प्रथम सेवा विन्दुका रूपमा काम गर्न नपाउने निर्णय गर्दै पत्राचार गरेको थियो। त्यस निर्णयपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल, गण्डकी मेडिकल कलेज, र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालहरू अन्योलमा परेका थिए।

बिज्ञापन

तर, स्थानीय तहहरू र सेवाग्राहीहरूको तीव्र विरोधपछि मन्त्रालयको सिफारिसमा बोर्डले असोज मसान्तसम्मको लागि फेरि सेवा निरन्तर गर्ने निर्णय गरेको हो।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, उपत्यका बाहेकका १३ वटा रेफरल अस्पतालहरूलाई असोज मसान्तसम्मका लागि प्रथम सेवा विन्दुका रूपमा सेवा दिन अनुमति दिइएको हो। साथै, स्थानीय तहहरूलाई चाँडै आफ्नै पृथक प्रथम सेवा विन्दु अस्पताल सञ्चालनमा ल्याउन अनुरोध गरिएको छ।


प्रथम सेवा विन्दु कायम रहने १३ अस्पतालहरू

कोशी अस्पताल, विराटनगर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

नारायणी अस्पताल, बीरगञ्ज

गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर

भरतपुर अस्पताल

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा

जीपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके

भेरी अस्पताल, नेपालगञ्ज

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

डडेल्धुरा अस्पताल, डडेल्धुरा

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka