Premier Cables
Premier Steel

अर्थ विराटनगर

कम आयले विराटनगर महानगरलाई हैरानी, रु. १ अर्ब २५ करोड बजेट घट्यो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०१, २०८२  | साँझ ४:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बनाएको बजेट र वास्तविक खर्चबीच ठूलो अन्तर देखिएको छ। आम्दानी र खर्चको अनुमानमा झन्डै १ अर्ब २५ करोड रुपैयाँको असन्तुलन देखिएपछि योजनमा असर पुगेको हो ।

महानगरले सो वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको आम्दानी र खर्चको लक्ष्य राखेको थियो। तर वर्षभरमा जम्मा २ अर्ब २५ करोड ५७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ, जुन कुल बजेटको करिब ६४.४५ प्रतिशत मात्र हो।

बिज्ञापन

पुँजीगत खर्चमा न्यूनतम लगानी
महानगरले पुँजीगत खर्चतर्फ १ अर्ब ६७ करोड ३ लाख रुपैयाँ विनियोजन गरेकोमा, जम्मा ७५ करोड ९८ लाख रुपैयाँ मात्र खर्च भएको छ। यो कुल पुँजीगत बजेटको ४५.४९ प्रतिशत मात्र हो। पुँजीगत खर्चभन्दा चालू खर्च बढी भएको देखिन्छ। चालू खर्च १ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन पुँजीगत खर्चको झन्डै दोब्बर हो।

वित्तीय व्यवस्थामा पूर्ण खर्च
महानगरले सावाँ र व्याज भुक्तानी अन्तर्गतको वित्तीय व्यवस्थामा भने ५ करोड १ लाख रुपैयाँ खर्च गरेर लक्ष्य अनुसारको शतप्रतिशत खर्च गरेको छ।


आन्तरिक आम्दानी लक्ष्य असफलता

यद्यपि महानगरले गत वर्षको तुलनामा १ करोड ७६ लाख रुपैयाँ बढी आन्तरिक आम्दानी गर्न सफल भए पनि, निर्धारित लक्ष्यभन्दा धेरै कम आम्दानी भएको छ। लक्ष्य १ अर्ब १० करोड ८६ लाख रुपैयाँ थियो, तर वास्तविक आम्दानी ६२ करोड ७६ लाख रुपैयाँ मात्र भयो।

महानगरको प्रमुख आन्तरिक आम्दानी स्रोतहरू यस प्रकार छन्:

घर बहाल कर – १४ करोड ३२ लाख

सम्पत्ति कर – १९ करोड ३४ लाख

व्यवसाय कर – ७ करोड ७१ लाख

भूमि कर – १ करोड ५८ लाख

पूर्वाधार उपयोग कर – २ करोड ७० लाख

नक्सापास दस्तुर – २ करोड ८५ लाख

पार्किङ शुल्क – १ करोड ३१ लाख

अन्य दस्तुर – ३ करोड १६ लाख

सिफारिस दस्तुर – २ करोड ६२ लाख

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka