






काठमाडौँ । हाम्रो सौर्यमण्डलमा नवौं ग्रह रहेकोबारे वैज्ञानिकले वर्षौंदेखि अध्ययन गरिरहेका छन् ।
तर हालसम्म कुनै यथेस्ट प्रमाण भने भेटिसकेको छैन । तर हालै जापानी खगोलविद्ले सौर्यमण्डलको अन्तिम सीमामा सूर्यको चक्कर लगाइरहेको एक नयाँ पिण्डको खोज गरेका छन् ।
जसको नाम अम्मोनाइट राखिएको छ । यसको वैज्ञानिक नाम २०२३ केक्यू-१४ हो । यो पिण्डको अर्बिट विश्लेषणद्वारा यसको चाल सौर्यमण्डलको उक्त क्षेत्रमा घुम्ने अरु पिण्डको गणनासँग मेल नखाने पत्ता लागेको छ ।
जापानका खगोलविद्ले सुबारु टेलिस्कोपको सहयोगमा अम्मोनाइटको खोज गरेका हुन् । यसको पूरा शोध १५ जुलाईमा नेचर एस्ट्रोनोमीमा प्रकाशित गरिएको छ ।
अम्मोनाइट कुनै ग्रह या कुनै छुद्रग्रहभन्दा भिन्न छ । यो एक सेडनोइड हो । २०२४ केक्यू १४ सूर्यभन्दा कम्तिमा ६६ खगोलिय ईकाइ र सबैभन्दा नजिक २५२ एस्ट्रोनोमिकल युनिटमा रहेको बताइएको छ । एक खगोलिय ईकाइ पृथ्वी र सूर्यबीचको दूरी बराबर मानिन्छ ।