Premier Cables

अपराध

चिनजानकै साथीले छुरा हानी युवकको हत्या, आफूपनि भए घाइते

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०१, २०८२  | बिहान ९:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । इलामको सूर्योदय नगरपालिका–१ भालुखोकमा गएराति एक युवकको छुरा प्रहारबाट हत्या भएको छ। हत्या भएका युवक २२ वर्षीय निरोज चापागाईं रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रहरीका अनुसार, निरोजको ससुराली नजिकै उनलाई सोही क्षेत्रका ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियारले आक्रमण गरेका थिए। प्रहरी नायब उपरीक्षक (डीएसपी) मान बहादुर राईका अनुसार, हमलामा निरोजका भाइ प्रकाश चापागाईं पनि घाइते भएका छन्। प्रकाशको उपचार झापाको विर्तासिटी अस्पतालमा भइरहेको छ र उनको अवस्था सामान्य रहेको छ।

विज्ञापन

घटनामा आरोपी किरण शेर्पा पनि घाइते भएका छन् र उनको उपचार इलामकै स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, मृतक निरोज चापागाईं वडा नम्बर २ का हुन् भने आरोपी शेर्पा वडा नम्बर १ का स्थानीय हुन्। फरक वडाका भए पनि उनीहरूबीच पहिलेदेखि नै चिनजान रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

हत्या किन र कसरी भयो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट हुन नसकेको र अनुसन्धान जारी रहेको डीएसपी राईले बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka