Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा मारवाडी युवा मञ्चद्वारा महावीर पुन सम्मानित

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २१, २०८२  | बिहान १०:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रमिक दिवसको अवसरमा मारवाडी युवा मञ्च विराटनगरले राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनलाई सम्मान गरेको छ । पुन को अभियानमा साथ र समर्थन जनाउदै उनको प्रमुख आतिथ्यतामा विशेष सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ।
मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथीका रुपमा नेपाल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष भिखम चन्द सरल, मारवाडी सेवा समितिका कार्यबाहक अध्यक्ष जुगल किशोर राठीको उपस्थिती रहेको थियो ।
सो अवसरमा अध्यक्ष लालवानीले सवैलाई स्वागत गर्दै पुनले गरेको परिश्रमको उच्च सम्मान गरि अभियानमा युवा मन्चका तर्फबाट २५ रुपैयाँ बराबरको पुस्तक खरिद गरे।

साथै अध्यक्ष लालवानीले श्रमिक दिवस को विशेष अवसरमा विराटनगरका ४ वटा मारवाडी समाजको सेवा मार्फत अग्रसर भवनहरुका २५ वर्ष भन्दा माथी कार्यरत कर्मचारी हरुको विशेष सम्मान गरे।

बिज्ञापन

सम्मानित हुनेहरुमा अतिथि सदनमा ३५ वर्ष भन्दा बढी समय देखी कार्यरत हरि श्रेष्ठ ज्यु, तेरापंथ भवनमा ३१ वर्ष भन्दा बढी समयदेखि कार्यरत बसन्त चौधरी, जानकी सेवा सदनमा २७ वर्ष भन्दा बढी समय देखी कार्यरत जिवेस भारती र मारवाडी सेवा सदनमा २६ वर्ष भन्दा बढी समय देखि कार्यरत राजु श्रेष्ठ रहेका छन् ।

सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सदस्य शंंकरलाल अग्रवाल, माहेश्वरी समाज बिराटनगरका अध्यक्ष घनश्याम काबरा, तेरापंथ सभा विराटनगरका अध्यक्षसतीस दुगड, अग्रवाल समाज विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, ब्राह्मण समाज विराटनगरका उपाध्यक्ष बिजय मिश्रा, बोहरा समाजका अध्यक्ष किशन बोहरा, मारवाडी महिला मञ्च विराटनगर कि अध्यक्ष श्रीमती सरिता लालवानी, मारवडी युवा मञ्च विराटनगर पूर्वअध्यक्ष शिवरतन जोशी, जय शर्मा, समाज सेवी चम्पालाल राठी, पृथ्वी अग्रवाल, लक्ष्मण नेवटीया, ओमप्रकाश अग्रवाल, जयकमल अग्रवाल, विशाल केडीया, विराटनगर हरित अभियानका अभियन्ता पारुल क्षेत्री, वडा न.७ का वडा सदस्य जिनेद्र अग्रबाल, मारवाडी सेवा सदनका निवर्तमान अध्यक्ष देवकि नन्दन अग्रवाल, जानकी सेवा सदनका अध्यक्ष बिजय लखोटिया, युवा राजनितिक अभियन्ता कृष्ण कार्की, युवक परिषदका अध्यक्ष पवन बोथरा, ब्राह्मण युवा मञ्चका अध्यक्ष राहुल शर्मा, ओसवाल युवा मञ्चका अध्यक्ष मधुर दुगड, अग्रवाल युवा मञ्चका पुर्व अध्यक्ष मोहित अग्रवाल लगायत समाजका गन्यमान्य व्यक्तित्व एवं युवाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa