Premier Cables
Premier Steel

कोशी प्रदेश

बीमा बोर्डलाई हर्क साम्पाङको पत्रः बीपी प्रतिष्ठानलाई रेफरल सेन्टर मान्न सकिदैन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ३०, २०८२  | अपराह्न १:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केवल रेफरल सेन्टरको रूपमा वर्गीकरण गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णयलाई अस्वीकार गर्दै पत्र लेखेका छन्।

साम्पाङले बोर्डलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनेका छन्, ‘बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बीमा सेवाको पहिलो अस्पतालको सूचीमा राख्न र सम्पूर्ण धराने जनतालाई बीमा सेवाबाट वञ्चित नगर्न अनुरोध गर्दछु।’

बिज्ञापन

साउन १ गतेदेखि लागू भएको स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णय अनुसार, अब स्थानीय वा जिल्लास्तरीय अस्पतालबाट सिफारिस लिएर आएका बीमित बिरामीहरू मात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा सुविधाबाट लाभान्वित हुनेछन्। यस निर्णयपछि धरानमा विरोध प्रदर्शन सुरु भएको हो। यसअघि, प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको रूपमा पहिचान गरिएको थियो, जसको आधारमा सबै बिरामीलाई यहाँ बीमा सेवाको सुविधा प्राप्त हुन्थ्यो।

राजनीतिक दलहरूले पनि स्वास्थ्य बीमा बोर्डको निर्णयको विरोध गर्दै धरानमा आम हडताल र आन्दोलनको आह्वान गरेका थिए। यस निर्णयले धरानवासीहरूमा असन्तोषको लहर सिर्जना गरेको छ, जसका कारण स्थानीय नेतृत्वले यसको विरोध जनाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुनः बीमा सेवाको पहिलो अस्पतालको सूचीमा राख्ने माग गर्दै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka