Premier Cables
Premier Steel

विराटनगर

तीनपैनीदेखि पुष्पलाल चोकसम्म विद्युतीय बत्ती जडान हुँदै

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | साँझ ७:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर महानगरपालिकाले तीनपैनी चोकदेखि पुष्पलाल चोकसम्मको सडक खण्डमा जडान गरिएको सोलार बत्ती हटाएर विद्युत् प्रवाहबाट चल्ने बत्ती जडान गर्ने भएको छ।

महानगरका अनुसार लामो समयदेखि विभिन्न स्थानमा सोलार बत्ती बिग्रिएर बन्द हुँदै आएको र ती बत्ती पुनः मर्मत गर्न खर्चिलो पर्ने भएकाले सोलार प्रणाली हटाएर विद्युत् प्रणालीबाट चल्ने बत्ती जडान गर्न लागिएको हो।

‘उज्यालो विराटनगर अभियान’ अन्तर्गत तीनपैनी चोकदेखि पुष्पलाल चोकसम्मको सडकमा अहिले तार विस्तारको काम भइरहेको महानगर प्रमुख नागेश कोइरालाले जानकारी दिए। उनले भने, “पहिला सोलार बत्ती पुनः सञ्चालन गर्ने योजना थियो, तर त्यसका लागि नयाँ ब्याट्री र अन्य उपकरण आवश्यक पर्ने भएकाले धेरै खर्च लाग्ने देखियो। विद्युत् प्रणाली तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले त्यसैलाई रोजिएको हो।”

महानगरपालिकाले आगामी केही महिनाभित्र बत्ती जडानको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसपछि अब रातमा हिँड्दा अँध्यारोको सामना गर्नुपर्ने बाध्यता अन्त्य हुने महानगरको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka