Premier Cables

कोशी प्रदेश

कोसी प्रदेशका कांग्रेस मन्त्रीहरू एकपछि अर्को विवादमा, बर्खास्त गर्न नसक्ने ‘निरीह’ मुख्यमन्त्री !

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २०, २०८२  | अपराह्न ३:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरू निरन्तर विवादमा मुछिँदै गएका छन्। पछिल्लो समय पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलमाथि घुस मागेको गम्भीर आरोप लागेपछि परिस्थिति झनै तनावपूर्ण बनेको छ।

मन्त्री मण्डलले डिभिजन वन अधिकृत (डिएफओ) रितेश भूषण बस्नेतसँग बैंकको क्यूआर कोड पठाएर रकम मागेको आरोप लागेकाे हो। स्रोतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारेमा आन्तरिक जाँच गरिरहेको छ। यसैबीच मण्डल मन्त्रिपरिषद्का पछिल्ला बैठकहरूमा समेत अनुपस्थित रहँदै आएका छन्।

विज्ञापन

मन्त्री मण्डलले भने आफूमाथि लागेको आरोपलाई पूर्णरूपमा अस्वीकार गरेका छन्। उनले केही कांग्रेस सांसदहरूले बदनाम गराउने षड्यन्त्रपूर्वक प्रचार गरेको दाबी गरेका छन्। “कोसी पर्यटन वर्षको सुरुआती चरणदेखि नै मेरो कामको आलोचना सुरु भयो,” उनले भने, “बजेट निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोपमा संसदीय दलमै विवाद भएको हो।”

विरोधको जवाफस्वरूप उनले प्रदेशसभामा बजेट छलफलका क्रममा सांसदहरूलाई ‘नधम्क्याउनू’ भन्दै प्रत्यक्ष चेतावनी दिएका थिए। घुस मागेको आरोपमा उनले कर्मचारीकै अनुहार नदेखेको बताउँदै, “घरमै बसेर काम गर्न खोज्ने कर्मचारीलाई हप्काउन नपाइने? म कसरी पैसा माग्छु?” भन्दै आरोपप्रति आपत्ति जनाए।

यसअघि कृषिमन्त्री खगेनसिंह हांगाम पनि विवादमा तानिएका थिए। उनले ताप्लेजुङमा एक युवामाथि लात्तीले कुटपिट गरेको आरोप खेपिरहेका छन्। यो घटनापछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनीमाथि कारबाही गर्न कांग्रेस संसदीय दलका नेता उद्धव थापासँग अनौपचारिक आग्रह गरेको बताइएको छ। यद्यपि दलका तर्फबाट औपचारिक निर्णय नभएको प्रमुख सचेतक गोपाल तामाङले जनाएका छन्।

मन्त्री हांगामले भने आफूलाई जबरजस्ती हटाउन नमिल्ने दाबी गरेका छन्। “मुख्यमन्त्रीको चाहनाले मात्रै मलाई हटाउन सकिँदैन,” उनले भने, “म मन्त्रालय वा सरकारलाई हानी पुग्ने कुनै काममा संलग्न छैन। यो गठबन्धन सरकार हो। मेरो नियुक्ति पनि माथिबाटै भएको हो।”

हांगामले विपद् व्यवस्थापनका लागि छुट्याइएको २२ करोड रुपैयाँ बजेट अन्य प्रभावित नभएका जिल्लातर्फ केन्द्रित गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन्। उनले चिया सम्मेलन आफ्ना निकटका व्यक्तिलाई दिन खोजिएको र आफूले अस्वीकार गरेपछि बजेट अन्यत्र सारिएको आरोप समेत लगाएका छन्। “मुख्यमन्त्री र सचिवालयको दबाब थियो, तर म नमानेको हुँ,” हांगामले स्पष्ट पारे।

यी लगातारका विवादहरूले कोसी प्रदेशमा कांग्रेसभित्रको गहिरिँदो आन्तरिक कलह, असन्तुष्टि र शक्ति संघर्ष सतहमा ल्याएको देखिन्छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka