Premier Cables
Premier Steel

अपराध

बसको डिकीबाट ५० केजी गाँजा बरामद, दुई जना पक्राऊ

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २०, २०८२  | बिहान १०:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । सुनसरीको धरानस्थित कोशी राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले झन्डै ५० किलो लागू औषध गाँजा बरामद गरेको छ।

हिजो (विहिबार) साँझ ५ः४५ बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्दा गाँजा फेला परेको हो।

बिज्ञापन

अस्थायी प्रहरी चौकी अमर हाटबाट खटिएको टोलीले बा.प्र.०१–००६ ख ६२६८ नम्बरको बसको डिक्कीमा राखिएका दुईवटा सुटकेस चेकजाँच गर्दा लुकाएर राखिएको ४९.७२५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

लागू औषध बोकेको आशङ्कामा बसमा सवार यात्रुहरूलाई सोधपुछ गर्दा ती सुटकेस भोजपुर जिल्ला पौवादुम्मा गाउँपालिका–६ का ३६ वर्षीय जीवनराज राई र सोही ठाउँका ३१ वर्षीय आरएन राईको भएको खुलेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa