Premier Cables
Premier Steel

शेयर बजार

बैङ्किङ सेक्टरमा उछाल आएपछि ३० अंकले बढ्यो नेप्से

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | अपराह्न ३:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक २६.५३ अंक बढेर २६२२.२८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंक बढेको छ।

बिज्ञापन

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ७८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ७४ हजार ७५२ पटकको कारोबारमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ९९ रुपैयाँ ५२ पैसा बढेर १ हजार ९५ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.५७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५७ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब ३५ करोडको शेयर किनबेच भएको छ भने युनियन हाइड्रोपावरको कारोबार रकम २४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य घटेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka