Premier Cables

विराटनगर

मध्यरातमा ट्रक र ट्यांकर ठोक्किदा विराटनगर बरगाछी चोकको स्तम्भ भत्कियो

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ११, २०८२  | बिहान ११:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको बरगाछी चोकमा मंगलबार राति ट्रक र ट्यांकर ठोक्किँदा फेरि एकपटक सडकबीचको स्मारक संरचना भत्किएको छ। बारम्बार हुने यस्ता दुर्घटनाले न त स्मारक जोगिएको छ, नत स्थानीयको आक्रोश थामिएको छ। कोशी लोकमार्गअन्तर्गतको सो व्यस्त चोकमा भारतीय नम्बर प्लेट (UP 22 P 9572) भएको ट्रक र प्रदेश १-०२ ख ८८८८ नम्बरको ट्यांकर एकआपसमा ठोक्किएपछि दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।

दुर्घटनामा बाराको अमलेखगन्ज निवासी ३३ वर्षीय ट्यांकर चालक पञ्चलाल लुम्बा घाइते भएका छन्। उनलाई विराट नर्सिङ होम र विराटनगर अस्पतालमा उपचार गरिएको छ। इन्स्पेक्टर लम्सालका अनुसार ट्यांकर चालकले हतारमा बाटो काट्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। दुर्घटनामा सडकबीच बनाइएको स्तम्भ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

विज्ञापन

बरगाछी चोकमा यसअघि पनि आइल्याण्ड र सालिकहरू बारम्बार सवारी ठक्करका कारण भत्किँदै आएका छन्। नेपाली कांग्रेसले स्थापना गरेको कृष्णप्रसाद कोइरालाको सालिक समेत अघिल्लो दुर्घटनामा क्षतिग्रस्त भएको थियो। त्यसपछि स्तम्भ बनाइ बरको बिरुवा रोपिएको थियो, जुन अहिले पुनः सवारी ठक्करबाट ध्वस्त भएको छ।

स्थानीय बासिन्दाहरू बरगाछी जस्तो व्यस्त र साँघुरो चोकमा सिमेण्टी स्मारक, सालिक र स्तम्भहरू बनाउँदा दुर्घटना बढेको भन्दै निरन्तर विरोध जनाउँदै आएका छन्। तर, प्रशासनले उनीहरूको गुनासोलाई बेवास्ता गर्दै आइरहेको छ। दुवै सवारी साधन प्रहरी नियन्त्रणमा छन् भने ट्रक चालक उत्तर प्रदेशका ३२ वर्षीय मोहमद मुस्ताकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka