





भारतबाट थप ६ सय मेगावाट विद्युत् आउन थालेको छ । हिजोबाट भारतबाट थप ६ सय मेगावाट विद्युत् आयात हुन थालेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । केही दिन पहिला भारतमा नै विद्युत् अभाव भएको भनेर नेपालले आयात गर्न खोज्दा पाएको थिएन ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतबाट थाप विद्युत् ६ सय मेगावाट विद्युत् नेपालमा आयात हुन थालेको बताए ।
उनले भने, ‘भारतबाट थप ६ सय मेगावाट विद्युत् आयात हुन थालेको छ । अब उद्योगमा भएको विद्युत् कटौतीमा कमी आउने छ । उद्योगले थप विद्युत् प्रयोग गर्न पाउने छन् । थप ६ सय मेगावाट विद्युत् बिहान २ बजेदेखि ५ बजेसम्म आयात भएको छ । थप विद्युत् आयातले उद्योगको माग सम्बोधन गर्ने छ ।’
भारतबाट बिहान २ बजेदेखि ५ बजेसम्म थप ६ सय मेगावाट लाइन आएपछि त्यो समयमा उद्योग सञ्चालन गर्न विद्युत्को समस्या नहुने प्राधिकरणले बताएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले पानी पर्ने थालेकाले विहान भारतबाट विद्युत् आयात हुँदा विद्युत् गृह पानी जम्मा गर्न सकिने बताए ।