Premier Cables
Premier Steel

राजनीति

एमाले कोसीको आर्थिक सुधार अभियानः अब सम्पूर्ण कारोबार बैंकमार्फत

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | बिहान ९:१९ बजे
Hamro Biratnagar Headlines

धनकुटा । नेकपा एमालेले कोसीले प्रदेशका १४ वटै जिल्लामा पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगदको साटो अनिवार्य रूपमा बैंकमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय लेखा आयोगको आयोजनामा कोसी प्रदेशका १४ वटै जिल्लाका लागि भेडेटारमा सम्पन्न दुईदिने आर्थिक तथा लेखा व्यवस्थापन तालिमको समापनमा यस्तो घोषणा गरिएको हो। तालिमको अन्त्यमा २१ बुँदे सामूहिक प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । जसको उद्देश्य पार्टीभित्र आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्नु हो।

बिज्ञापन

प्रतिबद्धतापत्रअनुसार पार्टीका सम्पूर्ण आर्थिक कारोबार अब नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्र गरिनेछ। साथै, तालिममा सहभागी जिल्लाका साथै महानगर तथा उपमहानगर कमिटीहरूले लेखापरीक्षण अनिवार्य गर्ने, वार्षिक बजेट निर्माण गरी योजना अनुसार खर्च गर्ने, ऋण चुक्ता गर्ने तथा खर्चमा मितव्ययिता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टीको लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन डिजिटल प्रणाली, नीतिगत अनुशासन र वित्तीय योजनाहरू लागू गरिने पनि जनाइएको छ। यससँगै, पार्टीका नीति, नियम, विधान र निर्देशनहरूको पूर्ण पालना गरिने घोषणा गरिएको छ।

जिल्ला तथा सहरस्तरीय कमिटी अध्यक्षहरूले भविष्यमा लेखापरीक्षणसहितको वार्षिक प्रतिवेदन पेस गर्ने, सबै खर्च र क्रियाकलापको लेखाजोखा राख्ने, आन्तरिक अनुगमन अभ्यास गर्ने तथा कुनै सम्पत्ति वा लगानी समितिको अनुमति बिना प्रयोग नगर्ने नीतिगत प्रतिबद्धता व्यक्त गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka