Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको रोड ब्युटीफिकेसन : घाँसले पुर्यो डिभाइडर !

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | बिहान ११:२६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर महानगरपालिकाले कोसी राजमार्गअन्तर्गत बरगाछी चोकदेखि मुख्यमन्त्री कार्यालय हुँदै रानीसम्मको सडक खण्डलाई सुन्दर बनाउन थालिएको अभियान अलपत्र जस्तै बनेको छ । विभिन्न बैंकहरूसँगको सहकार्यमा महागनगरले बिरुवा रोपेको थियो ।

बैंकहरुले पनि सामाजिक दायित्व अन्तर्गत महानगरलाई माग गरेजत्ति नै बजेट उपलब्ध गराएका थिए । ठूलो खर्च गरेर थालिएको अभियानमा दाताले समेत खबरदारी गरेको पाइएको छैन् ।

बिज्ञापन

रोड ब्युटीफिकेसन नाम दिएर तामझामसाथ अभियान शुरु गरिएको थियो । अहिले आएर यो अभियानले विराटनगरबासीलाई नै गिज्याई रहेजस्तो भएको छ । रोपिएका बिरुवाको उचित संरक्षण नहुँदा सडकको डिभाइडर घासले पुरिएको छ । यसले सडक दुर्घटनाको जोखिम बढेको छ।

डिभाइडरमा घाँस झाडीमा परिणत हुँदा सवारीसाधन चालकले दुर्घटनाको जोखिम महसुस गरेका छन्। बरगाछी चोकबाट दक्षिणतर्फ बसपार्क जाने सवारी चालक आकास मुखिया डिभाइडरको घाँसले अर्को दिशाबाट आएका सवारीसाधन नदेख्ने समस्या बढेको गुनासो गर्छन ।

महानगरपालिकाले सडकको सौन्दर्य वृद्धि गर्न विभिन्न बैंक सङको सहयोगमा ३५ लाख रुपैयाँ खर्च गरेर बिरुवा रोप्यो तर संरक्षणमा ध्यान दिएन । लामो समयसम्म गोडमेल नगरिँदा घासले रोपिएका बिरुवा नै छोपेको छ ।

विराटनगर महानगरपालिकाको सरसफाइ शाखा प्रमुख पुनम दाहालले जनशक्ति अभावका कारण समयमा काम गर्न नसकिएको बताए। रोडशेस चोकबाट घास काट्ने काम सुरु गरिएको उनको दाबी छ। बिहीबारदेखि थप जनशक्ति परिचालन गरेर चाँडै सम्पूर्ण घास हटाउने योजना रहेको उनले सुनाए ।

घाँसको कारणले अलिक फोहर देखिए पनि बिरुवा हुर्कंदै जाँदा सडक खण्डको सौन्दर्यमा सुधार आएको सरोकारवालाहरूले बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka