विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा हालै खटिएका योगेन्द्रप्रसाद दुलाललाई मंगलबार (आज) एक औपचारिक कार्यक्रममार्फत स्वागत गरिएको छ।
महानगर प्रमुख नागेश कोइरालाको अगुवाइमा वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिमा दुलाललाई स्वागत गरिएको हो।
बिज्ञापन
कार्यक्रममा बोल्दै मेयर कोइरालाले महानगरको विकास, सेवा प्रवाह र सुशासनमा दुलालको अनुभव र नेतृत्वले नयाँ उचाइ ल्याउने विश्वास व्यक्त गरे।