राप्रपाका महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटीमा रिहा
नोट: यो समाचार १ महिना अघिको हो
सोमबार, असार ०२, २०८२ |
साँझ ७:२९ बजे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणालाई जिल्ला अदालत काठमाडौंले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी सोमबार बिहान अदालतमा उपस्थित भएका थिए, जहाँ उनको बयान पनि सोही दिन लिइएको थियो।
बिज्ञापन
राणाविरुद्ध २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागिताको आधारमा राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराध तथा एकीकृत कसुरसम्बन्धी गरी चारवटा मुद्दा दायर गरिएको थियो।