Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको कान्तिपुर कलेज बसबाट कपडा तस्करी गर्ने दुई जना पक्राउ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | राती ९:५८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरमा कान्तिपुर कलेज लेखिएको स्कुल बस प्रयोग गरी भारतबाट भन्सार छलेर ल्याइएका कपडासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्तिमा विराटनगर–१४ का ३८ वर्षीय बस चालक गोपाल रेग्मी र विराटनगर–१५ का ४८ वर्षीय सहचालक मंगला यादव रहेका छन्।

बिज्ञापन

ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक कविन राईको नेतृत्वमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार जोगबनीबाट आएको बसमा ३८७ थान कुर्ता सुरुवालसहित अन्य कपडा रहेका थिए, जसको अनुमानित मूल्य ६ लाख १६ हजार रुपैयाँ बराबर छ।

यस घटनापछि कान्तिपुर कलेजको नामसमेत जोडिएको भए पनि कलेज प्रशासनले आफूहरू निर्दोष रहेको दाबी गरेको छ। कलेजका प्रिन्सिपल भुवन नेपालका अनुसार, “बसमा हाम्रो कलेजको नाम भए पनि त्यो बस हाम्रो स्वामित्वमा छैन। हामीले उक्त बस केवल भाडामा लिएका मात्र हौँ।”

उनका अनुसार, “हाम्रा विद्यार्थी जोगबनीबाट आवतजावत गर्दैनन्। अहिले उक्त बस सञ्चालनमा पनि छैन। कक्षा ११ को नयाँ भर्ना सुरु भएपछि मात्रै बसधनीसँग छलफल गरेर बस चलाउने तयारीमा थियौँ।”

प्रिन्सिपल नेपालले कलेजले तस्करीमा संलग्न भएको भनेर प्रचार भएको विषयप्रति गम्भीर आपत्ति जनाउँदै भने, “हामी भोलि पत्रकार सम्मेलन गरेर यथार्थ सार्वजनिक गर्नेछौँ।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka