Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

खेलकुद

क्लब विश्वकपका लागि उत्साहित छु : मेस्सी

Calendar आइतबार, असार ०१, २०८२  | बिहान ११:०४ बजे

काठमाडौं । विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर तथा इन्टर मायामी क्लबका कप्तान लियोनल मेस्सीले आफू फिफा क्लब विश्वकपका लागि एकदमै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । नयाँ फर्म्याटको क्लब विश्वकप भोलिदेखि अमेरिकामा सुरु हुँदैछ ।

विभिन्न देशका उत्कृष्ट क्लबहरूसँगको प्रतिस्पर्धाका लागि आफू तयार रहेको उनको भनाइ छ । यो पटक प्रतियोगितामा ३२ टिम सहभागी छन् । घरेलु टोली मायामीले उद्घाटन खेलमा भोलि बिहान इजिप्टको अल आलीसँग प्रतिस्पर्धा गर्दैछ । मेस्सीले रोमान्चक प्रतिस्पर्धाको हिस्सा हुन पाउँदा खुशी लागेको बताएका छन् ।

बिज्ञापन

मेस्सीले आफ्नो करिअरमा च्याम्पियन्स लिग, कोपा अमेरिका र विश्वकप जितिसकेका छन् । मेसीले मायमीका लागि क्लब विश्वकप जित्ने लक्ष्य राखेका छन् । प्रतियोगितामा मायामीको सहभागिता भने विवादास्पद बनेको थियो । प्लेअफको पहिलो चरणमा हार बेहोरे पनि मेजर लिग सकरको नियमित तालिकामा शीर्ष स्थानमा रहेको आधारमा फिफाले समावेश गरेको हो । फिफाले मेस्सीका लागि मायमीलाई सहभागी गराएको आरोप पनि लाग्दै आएको छ । मायामीकै लुइस स्वारेजले युरोपियन क्लबहरू उपाधिको प्रमुख दाबेदार रहेको धारणा राखेका छन् । तर समर्थकले भने आश्चर्यचकित नतिजा प्राप्त गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे ।

लामो सिजन सकेर आएका कारण युरोपियन क्लबका खेलाडी थकित भएको र त्यसको फाइदा अन्यले उठाउने उनीहरूको भनाइ थियो । मायामीका प्रशिक्षक हाभियर मासेरानोले, आफ्नो टिम मेस्सीमा बढी भर पर्ने जनाएका छन् । फुलब्याक जोर्डी आल्बा, डिफेन्डर गोन्जालो लुजान, डिफेन्सिभ मिडफिल्डर यानिक ब्राइटले यो खेल गुमाउनेछन् ।

यता अल आलीका प्रशिक्षक जोस रिभेरोले मेस्सीले जुनसुकै बेला खेलको मोमेन्टम परिवर्तन गर्न सक्ने बताए । उनले अघिल्लो महिना मात्र टिमको जिम्मेवारी सम्हालेका हुन् । अल आलीले पछिल्लो ६ सिजनमा चार पटक अफ्रिकन च्याम्पियन्स लिग उपाधि जितेको छ । समूह ‘ए’ मा ब्राजिलको पाल्मेरिस र पोर्चुगलको पोर्टो छन् ।

त्यसैले मायामी र अल आली पहिलो खेलमा जित हात पार्दै नकआउट पुग्ने आधार बलियो बनाउन चाहन्छन् । फ्लोरिडास्थित हार्ड रक स्टेडियममा खेल हुने छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो