






नव निर्वाचित कार्यसमिति
विराटनगर । उद्योग संगठन मोरङको ५२औं वार्षिक साधारण सभाले नन्दकिशोर राठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जेठ ३० र ३१ गते सम्पन्न सभाबाट आगामी दुई वर्षका लागि १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल चयन भएका छन् भने उपाध्यक्षहरूमा सुरेन्द्र गोल्छा, विपिन कावरा र सुवोध कोईराला रहेका छन्। कोषाध्यक्षको जिम्मेवारी पारस लुनियाले पाएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यमा सौरभ सारडा, बीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दिपक अग्रवाल र सिद्धार्थ कावरा निर्विरोध निर्वाचित भएका छन्।
संगठनको विधानअनुसार अध्यक्षले थप तीन सदस्य मनोनयन गर्न पाउने व्यवस्था अनुसार अध्यक्ष राठीले प्रतिक राउत, पारस गोल्छा र महिला सदस्यमा किरण ब्यासलाई मनोनयन गरेका छन्।
नवगठित १७ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ। संगठनले आगामी दिनमा स्थानीय उद्योग क्षेत्रको हितमा थप सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।