Premier Cables
Premier Steel

राष्ट्रिय

बालेनको विदेश भ्रमण खर्चमाथि महालेखाले उठायो प्रश्न

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | बिहान ९:१८ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले काठमाडौँ महानगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ५२ लाख रुपैयाँभन्दा बढी खर्च अनियमितता भएको पाइएको जनाएको छ।

महालेखाले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार मेयर बालेन शाहसहित महानगरका कर्मचारीहरूले विदेश भ्रमणका क्रममा गरेको खर्चमा ठूलो अनियमितता देखिएको हो।

बिज्ञापन

प्रतिवेदन अनुसार पेरिस (फ्रान्स), ब्राजिल, भारत र बंगलादेशमा गरिएको भ्रमणका क्रममा कुल ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमित रूपमा खर्च गरिएको उल्लेख छ। महालेखापरीक्षकको प्रतिवेदनमा बालेन शाहले विदेश भ्रमणका लागि आवश्यक स्वीकृति नलिई गएको तथ्य पनि उल्लेख गरिएको छ।

त्यसैगरी, आन्तरिक पर्यटन तथा भ्रमण कार्यक्रममा समेत पारदर्शिता नदेखिएको र खर्च विवरण स्पष्ट नभएको भन्दै त्यसमा पनि अनियमितता भएको ठहर गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka