Premier Cables
Premier Steel

खेलकुद

पोर्चुगल दोस्रो पटक बन्याे युइएफए नेसन्स लिग च्याम्पियन

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, जेठ २६, २०८२  | बिहान १०:४२ बजे

काठमाडौं । आइतबार म्युनिखमा सम्पन्न युइएफए नेसन्स लिगको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म दुबै टोलीले २–२ गोलको बराबरी गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। स्पेनका अल्भारो मोराटाले पेनाल्टीमा मौका गुमाएपछि पोर्चुगलका रुबेन नेभेसले निर्णायक किक प्रहार गर्दै टोलीलाई जित दिलाए ।

बिज्ञापन

पोर्चुगलका गोलकिपर डिएगो कोस्टाले मोराटाको पेनाल्टी रोक्दै खेलको दिशा परिवर्तन गरेका थिए। यससँगै, डिफेन्डिङ च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै पोर्चुगलले दोस्रो पटक नेसन्स लिगको उपाधि जित्न सफल भयो ।

खेलको पहिलो हाफमा स्पेनका लागि मार्टिन जुबिमेन्डी र मिकेल ओयारजाबालले गोल गरेका थिए भने पोर्चुगलका तर्फबाट क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डेसले बराबरी गोल फर्काएका थिए ।

खेलको अन्त्यमा कप्तान रोनाल्डो भावुक देखिए । उनी खेलको क्रममा घाइते भई मैदानबाट बाहिरिएका थिए र अन्तिम क्षणहरू बेन्चबाट हेर्न बाध्य भएका थिए। विजयी क्षणमा उनको आँखामा खुसीका आँसु झरे ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka