Premier Cables
Premier Steel

खेलकुद

डियागो जोटाको निधनले फुटबल संसार शोकमा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २०, २०८२  | अपराह्न २:४८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पोर्चुगल र लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा निधन भएपछि विश्व फुटबलमा शोक छाएको छ। बिहीबार स्पेनको जामोरामा कार दुर्घटनामा परेर २८ वर्षीय जोटा र उनका भाइ आन्द्रे सिल्भाको ज्यान गएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गाडीको टायर पड्किँदा दुर्घटना भएको हो। जोटा पोर्चुगल राष्ट्रिय टिमका नियमित सदस्य थिए भने उनका भाइ आन्द्रे पोर्चुगलको दोस्रो डिभिजन क्लबमा खेल्दै आएका थिए।

बिज्ञापन

यो घटनापछि विश्वभरका फुटबलप्रेमी, खेलाडी र खेलकुदसम्बन्धी व्यक्तित्वहरूले गहिरो शोक व्यक्त गरेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भावुक सन्देश लेख्दै भने, “केही समय अघि मात्र हामी सँगै टिममा थियौं, तिमीले भर्खरै मात्र विवाह गरेका थियौ, तर अब सबै अर्थहीन लाग्छ। हामी तिमीलाई सधैं सम्झिरहनेछौं।”

लिभरपुल फुटबल क्लबले जोटा र उनको भाइको निधनलाई “अकल्पनीय क्षति” भन्दै शोक व्यक्त गरेको छ। क्लबले दु:खी परिवारको गोपनीयतालाई सम्मान गर्दै तत्काल कुनै प्रतिक्रिया नजनाउने निर्णय गरेको छ।

लिभरपुलका पूर्वप्रशिक्षक योर्गान क्लोपले पनि जोटाको निधनको खबरले आफूलाई गहिरो पीडा भएको बताएका छन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले इन्स्टाग्राममार्फत श्रद्धान्जली अर्पण गरेका छन्।

विश्वभरका क्लब, खेलाडी र समर्थकहरूले सामाजिक सञ्जालमार्फत जोटाप्रति श्रद्धान्जली व्यक्त गरिरहेका छन्। फुटबल मैदानमा चम्किरहेको एक चम्किलो तारा यति चाँडै अस्ताउनु अत्यन्त दुखद भएको उनीहरूले जनाएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka