Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

रुसी जहाजमाथि ड्रोन आक्रमणपछि युक्रेनलाई रुसको चेतावनी

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०८, २०८३  | बिहान ९:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । लिबिया र बाल्टिक सागरमा रुसी पानीजहाजमाथि भएका ड्रोन आक्रमणको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी रुसले युक्रेनलाई दिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले लिबियाको बेन्गाजी बन्दरगाहमा दुई रुसी जहाजलाई निशाना बनाएको बताएपछि रुसले यस्तो प्रतिक्रिया दिएको हो ।

विज्ञापन

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार प्रतिक्रिया दिँदै घटनाबारे रुसी रक्षा मन्त्रालयले अध्ययन गरिरहेको बताए । उनले युक्रेनका सैन्य पूर्वाधारमाथि रुसी आक्रमण जारी रहने पनि स्पष्ट पारे ।

जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले आइतबार बेन्गाजीस्थित नौसैनिक अखडामा रुसी कोर्भेट जहाज ‘मर्करी’ डुबाएको थियो । साथै, हतियार ढुवानीमा प्रयोग हुने अर्को मालवाहक जहाजमाथि पनि आक्रमण गरिएको थियो ।

पेस्कोभले बाल्टिक सागरमा भएको घटनाले क्षेत्रीय तनाव थप बढाएको उल्लेख गर्दै बाल्टिक राष्ट्रहरूलाई युक्रेनमाथि दबाब बढाउन आग्रह गरेका छन् ।

यसैबीच, पूर्वी लिबियाको प्रशासनले बेन्गाजीमा भएको आक्रमणलाई आफ्नो सार्वभौमसत्तामाथिको उल्लंघन भन्दै संयुक्त राष्ट्रसंघमा उजुरी दिएको छ । उसले पश्चिमी लिबियामा युक्रेनी सैनिकको कथित उपस्थितिबारे अन्तर्राष्ट्रिय छानबिन गर्नसमेत माग गरेको छ ।

यसअघि शनिबार बाल्टिक सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा कालिनिनग्रादतर्फ गइरहेको रुसी जहाज ‘स्पार्टा–२’ माथि ड्रोन आक्रमण भएको थियो । आक्रमणपछि जहाजमा आगलागी भएको बताइएको छ ।

फिनल्यान्डको सेनाले उक्त आक्रमण युक्रेनले गरेको हुन सक्ने आशंका व्यक्त गरेको छ । रुसी प्रवक्ता पेस्कोभले भने यस घटनालाई ‘अत्यन्त खतरनाक प्रवृत्ति’ भन्दै आलोचना गरेका छन् ।

दुई फरक समुद्री क्षेत्रमा रुसी जहाजमाथि भएका आक्रमणले रुस र युक्रेनबीचको तनाव थप चर्किने संकेत देखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka