Premier Cables
Premier Steel

अर्थ

नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई रुटमा सहमति

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | राती ८:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फ सञ्चालन गर्ने विषयमा सहमति भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारतको राजकीय भ्रमणका क्रममा जारी संयुक्त प्रेस विज्ञप्तिमा हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको बी३४५ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको उल्लेख छ।

विज्ञापन

संयुक्त विज्ञप्तिअनुसार हवाई रुट सञ्चालनका लागि आवश्यक कार्यविधि र प्राविधिक पक्षलाई अन्तिम रूप दिन दुवै देशका प्राविधिक टोलीबीच छलफल हुनेछ।

भ्रमणका क्रममा नेपाल र भारतबीच नागरिक उड्डयन क्षेत्रका अन्य विषयमा समेत छलफल भएको थियो। दुई देशबीच हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको छ।

त्यस्तै, यसअघि नै छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई पनि अघि बढाउने विषयमा दुवै पक्ष सहमत भएका छन्।

दुईतर्फी हवाई रुट सञ्चालनमा आएपछि नेपाल र भारतबीचको हवाई सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान विस्तारका लागि यसले सहयोग पुर्‍याउन सक्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka