Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

गाडी दुर्घटना हुँदा एकै परिवारका नौ जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | बिहान ११:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको राजस्थानस्थित कोटा क्षेत्रमा भएको भीषण सडक दुर्घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना कोटाको शम्भुपुरा नजिकै मध्यरातमा भएको हो। धार्मिक यात्राबाट फर्किरहेका १६ जना सवार गाडी सडक किनारमा पार्किङ गरेर राखिएको ट्रकसँग ठोक्किएको थियो।

विज्ञापन

कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार तीव्र गतिमा रहेको गाडी रोकिराखिएको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा नौ जनाको घटनास्थलमै तथा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

अधिकारीहरूका अनुसार मृतक सबै एउटै परिवारका सदस्य हुन्। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी नजिकैका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

प्राप्त विवरणअनुसार उक्त परिवार राजस्थानको प्रसिद्ध धार्मिकस्थल खाटुश्यामको दर्शन गरेर महाराष्ट्रस्थित आफ्नो घर फर्किने क्रममा दुर्घटनामा परेको थियो।

दुर्घटनालगत्तै स्थानीय प्रहरी तथा उद्धार टोली घटनास्थल पुगेका थिए। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka