Premier Cables
Premier Steel

खेलकुद

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने ५ जना पक्राउ

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | बिहान १०:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दाङ । नेपाल प्रिमियर लिग (एनपीएल) सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन्।

लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एन्ड लजबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक जना नेपाली र चार जना भारतीय नागरिक रहेका छन्।

विज्ञापन

प्रहरीका अनुसार होटलको तेस्रो तलामा रहेका २०३ र २०४ नम्बरका कोठा भाडामा लिएर अनलाइन सट्टेबाजीका प्लेटफर्म सञ्चालन भइरहेको सूचनाका आधारमा विशेष टोलीले खानतलासी गरेको थियो।

सो क्रममा उनीहरूले ‘Kush 777’ लगायतका अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबार गरिरहेको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी १८ वटा विद्युतीय उपकरण बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka