Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्री बालेनलाई स्वागत गर्न भारतीय राज्यमन्त्री विमानस्थल जाने

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | बिहान १०:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्।

नेपाल एयरलाइन्सको उडानमार्फत प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ। उनलाई विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।

विज्ञापन

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै दिल्लीस्थित होटल ताजमहल जानेछन्। त्यहाँ साँझ ६ बजे भारतीय विदेशमन्त्रीले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka