Premier Cables
Premier Steel

अपराध

जहदामा श्रीमती र प्रेमी मिलेर गरे पतिको हत्या, दुवै पक्राउ

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २३, २०८३  | अपराह्न १:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको जहदा गाउँपालिकामा विवाहेत्तर प्रेम सम्बन्ध सार्वजनिक हुने डरले एक पुरुषको हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आफ्नै श्रीमती र उनका भारतीय प्रेमी मिलेर फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विज्ञापन

मृत्यु हुनेमा जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन छन् । आइतबार राति करिब ९ बजे उनको टाउकोमा फलामको रड प्रहार गरिएको थियो । गम्भीर घाइते सोरेनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारस्थित कटिहारका २७ वर्षीय सुनील मिश्र पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानमा कमली र सुनीलबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । उक्त सम्बन्धबारे बुधरामले थाहा पाएपछि दुवैले मिलेर उनको हत्या गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

घटनापछि प्रहरी चौकी मझारेबाट खटिएको टोलीले सुनीललाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । फरार भएकी कमलीलाई भने प्रहरीले सोमबार बिहान करिब साढे ७ बजे घरबाट एक किलोमिटर पश्चिमतर्फ खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले हत्यामा प्रयोग भएको फलामको रडसमेत बरामद गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka