Premier Steel

साहित्य

झोराहाटमा चार साहित्यिक स्रष्टालाई धनलक्ष्मी-यशोदा वाङ्मय पुरस्कार प्रदान गरिने

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २२, २०८३  | बिहान ९:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको झोराहाटमा चार जना साहित्यिक स्रष्टालाई धनलक्ष्मी–यशोदा वाङ्मय पुरस्कार तथा सम्मान प्रदान गरिने भएको छ।

यस वर्ष साहित्यकारहरू कुन्ता शर्मा, जसराज किराँती, विष्णुविभु घिमिरे र मधु पोखरेललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। चार वर्षदेखि प्रदान हुन बाँकी रहेको पुरस्कार यसपटक एकैपटक चार जना स्रष्टालाई दिन लागिएको आयोजकले जनाएको छ।

आगामी २०८३ मङ्सिर १९ गते शनिबार झोराहाटस्थित गोपीकृष्ण मणिकर्णिका सामुदायिक भवनको सभाकक्षमा आयोजना हुने साहित्यिक समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।

नेपाली भाषा, कला र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूको सम्मान तथा उनीहरूको सिर्जनात्मक साधनाको कदर गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो।

पुरस्कारअन्तर्गत प्रत्येक वर्ष एक जना स्रष्टालाई ५० हजार रुपैयाँ नगद र कदरपत्रसहित सम्मान गर्ने व्यवस्था छ।

सामाजिक व्यक्तित्व स्वर्गीय धनपति खतिवडा तथा उनकी धर्मपत्नीहरू स्वर्गीय लक्ष्मीदेवी खतिवडा र यशोदा खतिवडाको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो।

खतिवडा परिवारका सदस्यहरूको संयुक्त पहलमा पुरस्कार कोष स्थापना गरिएको हो। नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धन तथा विकासमा योगदान पुर्‍याउने कवि, लेखक र स्रष्टालाई प्रोत्साहित गर्नु पुरस्कारको मुख्य उद्देश्य रहेको छ।

सामाजिक व्यक्तित्व स्वर्गीय धनपति खतिवडा तथा उनकी धर्मपत्नीहरू स्वर्गीय लक्ष्मीदेवी खतिवडा र यशोदा खतिवडाको स्मृतिमा धनलक्ष्मी–यशोदा वाङ्मय पुरस्कार स्थापना गरिएको हो।

उनीहरूका छोरीहरू वसुन्धरा ढुङ्गाना, शोभा भट्टराई, कमला भट्टराई र गीता दाहाल तथा छोराहरू गोविन्दप्रसाद खतिवडा, केदारप्रसाद खतिवडा र गण्डकीपुत्रको संयुक्त पहलमा पुरस्कार कोष स्थापना गरिएको हो।

त्यस्तै, कोष स्थापनामा बुहारीहरू गोमा खतिवडा, उर्मिला खतिवडा, निर्मला खतिवडा र सीता खतिवडाको समेत सहभागिता रहेको छ।

नेपाली भाषा, कला र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूको सम्मान तथा नयाँ पुस्तालाई साहित्यिक सिर्जनामा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको आयोजक परिवारले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka